पर्सामा अवस्थित यस कार्यालयको उद्देश्य स्वदेशी श्रम, स्थानीय कच्चा पदार्थ तथा परम्परागत वा आधुनिक प्रविधिको अधिकतम उपयोग गरी सूक्ष्म, घरेलु तथा साना उद्योगहरूको विकास, विस्तार र आधुनिकीकरणमार्फत आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्नु तथा गरिबी न्यूनीकरण गर्नुको साथै उद्योग तथा वाणिज्य सम्बन्धि दर्ता, नविकरण लगायतका कार्य गर्ने, जिल्लाका विभिन्न ठाउँमा तालिम संचालन गरी उद्यमी श्रृजना गर्ने, उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरि स्वावलम्वन बनाउने कार्य गर्दै आएको साथै विभिन्न समयमा बजार अनुगमन गरी बजारमा कालोबजारी रोक्न, खाद्य पदार्थ लगायतका सामानको गुणस्तर कायम गर्न सहयोग पु¥याएको छ ।